aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

फुटबल खेलेर कति कमाए नेमारले ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ३० चैत्र २०७९
फुटबल खेलेर कति कमाए नेमारले ?

एजेन्सी । ब्राजिलका चर्चित फुटबल खेलाडी नेमार दसिल्वालाई नचिन्ने फुटबलपे्रमि विश्वमा सायदै होलान् । व्यवसायिकरुपमा सान्तोष एफसीबाट आफ्नो करिअर सुरु गरेका उनी बार्सिलोना हुँदै अहिले पेरिस सेन्ट जम्र्यान (पिएसजी)बाट खेलिरहेका छन् । विश्वका सर्वाधिक महँगा मानिने यस्त क्लबहरुमा प्रमुख खेलाडीका रुपमा आफ्नो स्थान लिइसकेका नेमारका नाममा धेरै किर्तिमान छन् ।  

उनी एक बहुप्रतिभाशाली खेलाडीकारुपमा चिनिन्छन् । किनकी उनी खेल मैदानमा जुनसुकै स्थानबाट पनि उतिकै कुशलतापूर्वक खेल्छन् । उनको अप्रत्यारिलो धावनगति, बल गुडाउन क्षमता र गोल हान्ने तरिकाका कारण सबैको आँखामा बस्न सफल भएका छन् ।

 उनले विगत एक दशकमा फुटबल खेलेर कमाए होलान् ? यो धेरैलाई जिज्ञासाको विषय बन्न सक्छ । सन् २०१३/१४ को सिजनमा मात्रै उनले तलबकारुपमा एक करोड २५ लाख ४१ हजार युरो आर्जन गरेका थिए । 

सन् २०१४/१५ को सिजनमा अघिल्लो वर्ष भन्दा केहि कम एक करोड १० लाख २९ हजार युरो कमाएका थिए । तर, त्यसपछिको सिजनमा भने उनले एक करोड ६९ लाख २१ ह्जार युरो कमाए ।  

त्यसपछिका वर्षमा उनको आय निकै माथी पुग्यो । सन् २०१६/१७ मा नेमारले दुई करोड ८६ लाख १५ हजार युरो तलबका रुपमा थापे । त्यस्तै, सन् २०१७/१८ मा भने उनले चार करोड ३३ लाख युरो आर्जन गरेका थिए । सन् २०१८/१९ माप नि उनको तलब अघिल्लै वर्षको बराबर नै थियो भने सन् २०१९/२० को सिजनमा पनि त्यो बढ्न । 

बर्सिलोना छोडेका उनले सन् २०२०/२१ मा पाँच करोड ६३ लाख ६० हजार युरो कमाए । जुन अहिले आबद्ध रहेको क्लबबाट प्राप्त गरिरहेका छन् । सन् २०२१/२२ र २०२२/२३ मा पनि उनको कमाई वार्षिक ५ करोड ६३ लाख ६० हजार नै रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस