
एजेन्सी । आईटीको चर्चित कम्पनी गुगलले फेरि एकपटक कर्मचारी कटौती हुन सक्ने बताएकोछ। गुगलको मूल कम्पनी अल्फाबेटका सीईओ सुन्दर पिचाईले भर्खरै आफ्नो एक अन्तरवार्तामा कम्पनीमा अर्को चरणको कटौतीको संकेत गरेका छन्। यद्यपी उनले रिटेन्मेन्टबारे सीधै टिप्पणी गरेका छैनन् ।
यस वर्षको जनवरीमा गुगलले आफ्नो कुल कार्यबलको ६ प्रतिशत अर्थात् १२ हजार कर्मचारीलाई निकाल्ने घोषणा गरेको थियो । सुन्दर पिचाईले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) डोमेनमा गुगलको कामको बारेमा पनि चर्चा गरे। उनले गुगलको च्याटबट बार्डलाई जीमेल र गुगल डक्स जस्ता उत्पादनमा थप प्रभावकारी बनाउन लागिएको बताए ।
पिचाईले भने, 'हामी अवसरहरूमा बढी ध्यान केन्द्रित गरिरहेका छौं र मलाई लाग्छ कि त्यहाँ धेरै काम गर्न बाँकी छ। सम्बन्धी धेरै महत्त्वपूर्ण निर्णयहरू पनि लिइरहेका छौं। यसका लागि आवश्यक क्षेत्रमा कामदार खटाइराखेका छौँ र यो काम निरन्तर जारी छ ।'
पिचाईले भने, ‘ विभिन्न मार्गबाट यो लक्ष्य हासिल गर्ने प्रयास गरिरहेका छौं। हामी वास्तवमै हामीले गर्ने सबै कुरा हेरिरहेका छौं। हामीले हाम्रो लागतलाई राम्रो तरिकाले प्रयोग गर्ने प्रयास गरिरहेका छौं। हामी दिगो बचत सिर्जना गर्न केन्द्रित छौं। हामीले अहिलेसम्म गरेका काममा खुसी छौं तर अझै धेरै काम गर्न बाँकी छ ।'
सुन्दर पिचाईले गुगलको लक्ष्य आफ्नो दक्षता २० प्रतिशतले बढाउने रहेको बताए । उनले पछिल्लो समय गुगलले गरेका सुधारका लागि काम गर्नुपर्नेमा जोड दिए । उनले विचार विमर्श गरेर मात्रै छुट्याइएको बताए ।
पिचाईले भने, 'हामीले हाम्रो कार्यबलबाट करिब १२,००० कर्मचारीहरूलाई हटाउने निर्णय गरेका छौं। हामीले पहिले नै संयुक्त राज्यमा कामबाट प्रभावित कर्मचारीहरूलाई छुट्टै इमेल पठाएका छौं। यसबाहेक अन्य देशका स्थानीय कानुन र अभ्यासका कारण यो प्रक्रियामा थप समय लाग्ने छ ।' गुगलमा करिब १,८७,००० कर्मचारी रहेका छन् ।
प्रतिक्रिया दिनुहोस