काठमाडौं । कोरोनाको नयाँ भेरियन्टबाट पछिल्लो २४ घण्टामा थप १३६ जनामा संक्रमण पाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ४२४ नमुनामध्ये १९७ जनाको पीसीआर परीक्षण गर्दा ३४ जना र १ हजार २२७ जनाको एन्टीजेन परीक्षणा गर्दा १०२ गरी १३६ जनामा कोरोना संक्रमण फेला परेका हुन ।
नेपालमा आजसम्म कोरोनाको संक्रिय संख्या ४०१ पगेका छन् । त्यस्तै ३२ जना संस्थागत आइशोलेशनमा, ११ जना आइसीयू र ३ जनाको भेन्टीलेटरमा उपचार भइरहेको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा जनाएको छ ।
प्रतिक्रिया दिनुहोस