एजेन्सी । भारतमा कोभिड–१९ को सङ्क्रमण रोकिने नाम लिइरहेको छैन । पछिल्लो २४ घण्टामा भारतमा ११ हजार १०९ नयाँ कोरोना संक्रमित थपिएका छन् । गत बिहीबार १० हजार १५८, बुधबार ७ हजार ८३०, मंगलबार ५ हजार ६ सय ७६ र सोमबार ५ हजार ८ सय ८० जनामा संक्रमण देखिएको छ ।
कोरोनाको तथ्यांक डरलाग्दो छ किनभने दिनप्रतिदिन संक्रमित बढ्दै गएका छन् । देशमा सक्रिय केसहरूको कुल संख्या बढेर ४९,६६२ पुगेको छ। बढ्दो केसहरूलाई ध्यानमा राख्दै, स्वास्थ्य विशेषज्ञहरूले मास्क लगाउन र कोभिड दिशानिर्देशहरू पालना गर्न सल्लाह दिइरहेका छन्।
प्रतिक्रिया दिनुहोस