aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

थप एक सय चार जनामा कोरोना संक्रमण, एकको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०४ बैशाख २०८०
थप एक सय चार जनामा कोरोना संक्रमण, एकको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १०४ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा ६३ र एन्टीजेन परिक्षण गर्दा ४१ गरी जम्मा १०४ जना नयाँ संक्रमित थपिएका हुन् ।  

त्यस्तै, पछिल्लो २४ घण्टामा ६० जना कोरोनामुक्त भएका छन् । योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९८.७ प्रतिशत रहेको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा मृतकको संख्या एक रहेको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट १२ हजार २३ जनाको मृत्यु भइसकेको छ । 

पछिल्लो २४ घण्टामा एक हजार ६३२ जनाले कोरोना परिक्षण गरेका थिए भने खोप लगाउनेको संख्या २६ हजार ६७५ रहेको छ । हाल सक्रिय संक्रमितको संख्या ३७९ जना रहेका छन् ।    
 

प्रतिक्रिया दिनुहोस