aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

फेसबुक, इन्स्टाग्राम र व्हाट्सएप इतिहासमा नै धेरै कर्मचारी कटौति गर्दै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०६ बैशाख २०८०
फेसबुक, इन्स्टाग्राम र व्हाट्सएप इतिहासमा नै धेरै कर्मचारी कटौति गर्दै

एजेन्सी । फेसबुक, इन्स्टाग्राम र व्हाट्सएपको मूल कम्पनी मेटाले १०,००० कर्मचारीलाई हटाउने भएको छ। यो कटौती मे महिनाबाट सुरु हुनेछ। सञ्चारमाध्यमका अनुसार कम्पनीले बुधबार व्यवस्थापनलाई जागिर कटौतीको घोषणा गरेको छ । कम्पनीले दोस्रो राउन्ड अन्तर्गत यी कटौती गर्नेछ।

मेटाले अघिल्लो चरणमा ११,००० कर्मचारीहरूलाई निकालेको थियो । जुन सम्पूर्ण कार्यबलको १३ प्रतिशत हो। कम्पनीको १८ वर्षको इतिहासमा पहिलो पटक यति ठूलो संख्यामा कर्मचारी कटौती गरिएको हो । कम्पनीका सीईओ मार्क जुकरबर्गले कर्मचारी हटाउने घोषणा गरेका हुन् । गलत निर्णयका कारण राजस्वमा कमी आएको उनले बताए ।

जुकरबर्गले गत महिना भनेका थिए ।  निर्णय धेरै गाह्रो छ, तर आवश्यक रहेको बताएका छन । १० हजार कर्मचारीलाई बर्खास्त गरेपछि कम्पनीमा ५ हजार पद रिक्त रहने छन । जुकरबर्गले कर्मचारीलाई सन्देशमा लेखेका छन् २०२२ मा कम्पनीले आफ्नो राजस्वमा उल्लेखनीय गिरावट आएको थाहा पाएपछि कम्पनीलाई झटका लाग्यो। जुकरबर्गले भने, ‘अमेरिकामा बढेको ब्याजदर, विश्वमा अस्थिरता र नियामक कानूनमा भएको वृद्धि कम्पनीको आम्दानीमा आएको  रावटको लागि जिम्मेवार छ।’

मार्कले भनेका थिए, ‘कोविडको शुरुवातमा विश्व द्रुत गतिमा अनलाइन गयो र ई–कमर्सको बृद्धिले राजस्व बढ्यो । धेरैले भविष्यवाणी गरे कि यो वृद्धि स्थायी हुनेछ, जुन महामारीको अन्त्य पछि पनि जारी रहनेछ। मैले पनि त्यही सोचे, त्यसैले मैले आफ्नो लगानी बढाउने निर्णय गरें। दुर्भाग्यवश, यो मेरो अपेक्षा पूरा भएन।’

 

प्रतिक्रिया दिनुहोस