aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

गर्मीमा यी कुलरले तपाईलाई कुल बनाउन मद्दत गर्छ ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०८ बैशाख २०८०
गर्मीमा यी कुलरले तपाईलाई कुल बनाउन मद्दत गर्छ ?

काठमाडौं । नेपालका धेरैजसो स्थानमा चर्को घाम र गर्मीको सामना गर्नुपरेको छ । यस्तो अवस्थामा गर्मीलाई थोरै भएपनि कुल राख्ने केही यस्ता ग्याजेट्सको बारेमा जानकारी दिन गइरहेका छौं । जसको प्रयोगबाट गर्मीबाट राहत पाउन सकिन्छ ।

यी ग्याजेटहरूमा कूलिङ फ्यानसहितको पोर्टेबल मिनी मास्क, वेयरेबल नेकब्यान्ड फ्यान, युएसबी डेस्क फ्यान, फ्यानसहितको सोलार क्याप, मिनी यूएसबी फ्यान र मिनी कार रेफ्रिजरेटर समावेश छन्।  यी ग्याजेटहरू ई–कमर्स वेबसाइटहरू र स्थानीय बजारहरूबाट पनि किन्न सकिन्छ। 

कूलिंग फ्यानको साथ पोर्टेबल मिनी मास्क यसले कोरोना जस्ता महामारीबाट पनि बचाउछ भने महागर्मीका बेलामा सितलता पनि दिन्छ । नेपाल फेरि एक पटक कोरोनाका केसहरू बढ्दै गएका छन् । तर यो गर्मीमा मास्क लगाउनु धेरै अन्योलमा पर्न सक्छ। यस अवस्थामा, तपाईले पोर्टेबल मिनी मास्क लिन सक्नुहुन्छ जुन कूलिंग फ्यानको साथ आउँछ।

U.S. CROWN बाट आएको यो मास्क हाल ई-कमर्स वेबसाइट Amezon मा उपलब्ध छ। यो मास्क 300mAh ब्याट्रीसँग आउँछ, जुन पूर्ण रूपमा चार्ज हुन २ घण्टा लाग्छ। फुल चार्ज गरेपछि यसको ब्याट्रीले ४ घण्टा ब्याकअप दिन्छ।

लगाउन मिल्ने नेकब्यान्ड फ्यान पनि बजारमा उपलब्ध रहेको छ । पहिरन मिल्ने नेकब्यान्ड फ्यान रिचार्जेबल ब्याट्रीको साथ आउँछ।  जसको मद्दतले आफ्नो अनुहारमा सिधै हावा लगाउन सक्नुहुन्छ। क्रेताहरूले यो फ्यानलाई विभिन्न सुविधाहरू भएका ई–कमर्स वेबसाइटहरूमा किन्न सक्छन्।

Hianjoo को वेयरेबल नेकब्यान्ड फ्यान हाल Amezon मा उपलब्ध छ। यो फ्यान ३ स्पीड एडजस्टेबल मोडमा आउँछ। पावरको लागि, यसमा 2000mAh ब्याट्री छ, जसले अधिकतम १२ घण्टा ब्याकअप दिन्छ।

डेस्क फ्यानलाई कनेक्टर मार्फत ल्यापटप, पावर बैंक वा स्मार्टफोनमा जडान गरेर प्रयोग गर्न सकिन्छ यी फ्यानहरू आकारमा साना हुन्छन्, जसलाई  सजिलैसँग जहाँसुकै बोक्न सक्नुहुन्छ।  ज्यतभयल को ग्क्द्य डेस्क फ्यान हाल ब्mबशयल मा च्क।ज्ञद्धद्दद्ध मा उपलब्ध छ। यो फ्यानमा कुनै ब्याट्री उपलब्ध नभएकोले ग्क्द्य मार्फत जडान गरेर मात्र चलाउन सकिन्छ। यो फ्यान ३ स्पीड एडजस्टेबल मोडमा पनि आउँछ।

पङ्खा वाला टोपीको साथ सौर्य टोपी प्रयोग गर्दा चार्ज गर्न आवश्यक छैन। क्यापमा जडान गरिएको सानो सौर्य प्यानल सूर्यको किरणको सम्पर्कमा आउने बित्तिकै फ्यान स्वतः चल्न थाल्छ। फ्यान सहितको सोलार क्याप हालमा  फ्यानलाई टोपीमा यसरी जोडिएको हुन्छ कि बाहिर निस्कने हावा अनुहारमा उडोस् ।

मिनी फ्यान गर्मीबाट राहत पाउन पनि लिन सकिन्छ। यो साइजमा एकदमै सानो छ, जसलाई आफ्नो खल्तीमा राखेर जहाँसुकै सजिलै बोक्न सक्नुहुन्छ। तर, साइजमा सानो भएकाले यसमा कुनै विशेष सुविधा भने उपलब्ध छैन । मिनी फ्यानलाई विद्युत वा चर्जरमा जडान गरेर मात्र चलाउन सकिन्छ किनभने यसमा कुनै ब्याट्री उपलब्ध छैन।

मिनी कूलर गर्मीमा चिसो हावा पाउन  पनि लिन सकिन्छ । मिनी कूलरलाई तीन एए ब्याट्री र चर्जर केबल मार्फत चलाउन सकिन्छ। यो कुलर आकारमा निकै सानो छ । जसलाई सजिलै जहाँ पनि बोक्न सकिन्छ।

मिनी कार रेफ्रिजरेटर धेरै प्रकार र आकारहरूमा आउँछन्। कार रेफ्रिजरेटर अगाडि सिटहरू बीच राखिएको छ । जसले आर्मरेस्टको रूपमा पनि काम गर्दछ। यो फ्रिज कारको विद्युत सकेटबाट सञ्चालन हुन्छ।

प्रतिक्रिया दिनुहोस