aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

कोरोनाका कारण आज पनि एक जनाको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०९ बैशाख २०८०
कोरोनाका कारण आज पनि एक जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २२४ जनाको पीसीआर परीक्षणमा २० र ९२४ जनाको एन्टिजेन परीक्षणमा ५८ जना गरी ७८ जनामा संक्रमण पुष्टि भएको हो । कोरोना भाइरसको सङ्क्रमणबाट आज एक जनाको निधन भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज एक जना उपचारत सङ्क्रमितको निधन भएको हो । शुक्रबार पनि एक जनाको निधन भएको थियो ।

आज एक हजार एक सय ४८ नमूना परीक्षणमा ७८ जना सङ्क्रमित फेला परेका छन् । यस्तै आज ५० जना स्वास्थ्यलाभ गरी घर फर्किएका छन् । यसैगरी देशभरि २५ जना आइसोलेशन, सात जना सघन उपचार कक्ष ९आइसीयू० र तीन जना भेन्टिलेटरमा उपचार गराइरहनुभएको छ ।–

कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ५० जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । हाल ३८३ जना सक्रिय संक्रमित रहेका छन् ।
 

प्रतिक्रिया दिनुहोस