
काठमाडौं । काठमाडौंमा जारी एसीसी प्रिमियर कप क्रिकेटमा यूएईले सिंगापुरलाई ४७२ रनको लक्ष्य दिएको छ । त्रिभुवन क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ गरेको यूएईले ४७१ रन बनाउँदै सिंगारपुरलाई विशाल लक्ष्य दिएको हो । नेपालमा जारी खेलमध्य यो सबैभन्दा विशाल लक्ष्य हो । यसअघि यहि प्रतियोगितामा कुवेतसँगको खेलमा यूएईले ३७१ रन बनाएको थियो ।
१७४ रन बनाएका अरबिन्दले १७ चौका र ७ छक्का हाने । वासिमले विस्फोटक ब्याटिङ गर्दै ८२ बलमा १६० रन बनाए । उनले ९ चौका र १६ छक्का हाने । आयान अफजल खानले ५० बलमा ७४ रन बनाए ।
प्रतिक्रिया दिनुहोस