aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

नेपाल सेमिफाइनल पुग्ने  सम्भावना बढ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ११ बैशाख २०८०
नेपाल सेमिफाइनल पुग्ने  सम्भावना बढ्यो

काठमाडौं । नेपालमा जारी रहेको एसीसी प्रिमियर कप क्रिकेटमा नेपाल सेमिफाइनल पुग्ने  सम्भावना बढेको छ । साउदीसँगको खेल रद्द भएमा नेपाल सेमिफाइनल पुग्ने छ । खेल रद्द भएको खण्डमा नेपालको ५ अंक नेपालले पाउनेछ । नेपाल र साउदी अरेबियाबीच एसीसी प्रिमियर कप क्रिकेटमा सोमबार हुने खेल वर्षाका कारण रद्द हुने स्थितिमा पुगेको छ । 

यस्तो अवस्थामा साउदी र ओमानबीचको लिगको अन्तिम खेल क्वार्टरफाइनल सरह हुनेछ र जो जितेमा उही सेमिफाइनल पुग्ने छ । नेपालसँगको खेल हुन नसकेमा साउदीको ३ अंक हुनेछ भने ओमानको ४ अंक रहेको छ ।

अघिल्लो दिनको साँझ वर्षाका कारण मैदान भिजेको कारण दुई घन्टा ढिलो खेल सुरु हुने तय गरिएको थियो । बिहान ११ बजे देखि पुनः वर्षा भएपछि खेल नै नहुने अवस्था सिर्जना भएको हो । मूलपानीमा दिन भरी नै वर्षा हुने मौसम पूर्वानुमान छ ।

बिहान मूलपानी आएपछि नेपाल र साउदी अरेबियाका दुवै खेलाडीले मैदान निरीक्षण गरेका थिए । वर्षा पुनः सुरु भएपछि दुवै टोली पेभेलियन भित्र बसिरहेका छन् । दिउसो २।१५ बजेपछि पनि खेल हुने सम्भावना नभएमा म्याच रेफ्री सिंगापुरका सारिका प्रसादले खेल रद्द भएको घोषणा गर्नेछन् ।दुई ठूला प्रतिद्वन्द्वी मलेसिया र ओमानमाथि विजय हात पार्दै नेपाल समूह ‘ए’ मा मजबुत स्थितिमा रहेको छ । 


 

प्रतिक्रिया दिनुहोस