aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

थप एक ११३ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित ३६२ पुगे

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ११ बैशाख २०८०
थप एक ११३ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित ३६२ पुगे

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ११३ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा ६४ र एन्टीजेन परिक्षण गर्दा ४९ गरी जम्मा ११३ जना नयाँ संक्रमित थपिएका हुन् ।    

त्यस्तै, पछिल्लो २४ घण्टामा ७२ जना कोरोनामुक्त भएका छन् । योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९८.७ प्रतिशत रहेको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा मृतकको संख्या शुन्य रहेको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट १२ हजार २७ जनाको मृत्यु भइसकेको छ । 

पछिल्लो २४ घण्टामा एक हजार ८१० जनाले कोरोना परिक्षण गरेका थिए भने खोप लगाउनेको संख्या शुन्य रहेको छ । हाल सक्रिय संक्रमितको संख्या ३६२ जना रहेका छन् ।     
 

प्रतिक्रिया दिनुहोस