
काठमाडौं । काठमाडौंमा जारी एसीसी प्रिमियर कप क्रिकेट अन्तरगत आज दुई खेल हुँदैछन् । मुलपानी मैदानमा मलेसिया र कतारबीच खेल हुँदैछ । प्रतियोगिताबाट बाहिरी सकेको मलेसियाले आफ्नो अन्तिम खेलमा जित निकालेर सुखद अन्त्य गर्न चाहन्छ ।
यस्तै, कीर्तिपुरस्थित टियु मैदानमा कुवेत र सिंगापुरबीच प्रतिस्पर्धा हुनेछ । सिंगापुरलाई हराएर कुवेत सेमिफाइनलमा पुग्ने झिनो सम्भावना कायम राख्न चाहान्छ । यस्तै, प्रतियोगिताबाट बाहिरिसकेको सिंगापुर अन्तिम खेलमा सान्त्वना जित हात पार्न चाहन्छ । आइतबार वर्षाका कारण नेपाल र साउदी अरबको खेलमा नेपाल विजेता हुँदै सेमिफाइलनमा पुगेको थियो ।
प्रतिक्रिया दिनुहोस