aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

सन्दिपले दिलाए नेपाललाई शानदार जित, कतार ६८ रनले पराजित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १४ बैशाख २०८०
सन्दिपले दिलाए नेपाललाई शानदार जित, कतार ६८ रनले पराजित

काठमाडौं । एसीसी प्रिमियर कप प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा नेपालले शानदार जित हासिल गरेको छ । चर्चित नेपाली क्रिकेटर सन्दिप लामिछाने कीर्तिपुरको पिचमा चम्किदा नेपालले कतारलाई ६८ रनले पराजित गरेको हो । 

आजको खेलमा सन्दीप लामिछानेको घातक बलिङ र उत्कृष्ट ब्याटिङको मद्दतले नेपाल कतारलाई ६८ रनले पराजित गर्न सफल भएको हो । सो खेलमा सन्दीपले पाँच विकेट लिएपछि कतार ८९ रनमा अलआउट हुन पुगेको थियो । 

बिहिबारको जीतसँगै नेपाल समूह ए को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । जीतका लागि १ सय ५८ रनको लक्ष्य प्रस्तुत गरेको थियो । सो खेलमा कतारले २५.१ ओभरमा सबै विकेट गुमाउँदै ८९ रन मात्र बनाउन सक्यो । 

नेपाललाई जित दिलाउने गरी सन्दीपले ९.१ ओभर बलिङ गर्दै मात्र १४ रन खर्चेर ५ विकेट लिए । त्यसैगरी, सोमपाल कामीले तीन तथा ललित राजवंशीले दुई विकेट लिएपछि नेपालको भाग्य चम्किएको हो । 

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४०.३ ओभरमा सबै विकेट गुमाएर १ सय ५७ रन मात्र बनाएको थियो । सो क्रममा नेपालका लागि सन्दीप लामिछानेले नटआउट रहँदै सर्वाधिक ४२ रन बनाएका थिए । यो उनको एकदिवसीय क्रिकेटमा सर्वाधिक व्यक्तिगत स्कोर हो । खराब शुरुवात गरेको नेपालले ९ रनमा दुई विकेट गुमाएको थियो ।

प्रतिक्रिया दिनुहोस