
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १०३ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा ५० र एन्टीजेन परिक्षण गर्दा ५३ गरी जम्मा १०३ जना नयाँ संक्रमित थपिएका हुन् ।
त्यस्तै, पछिल्लो २४ घण्टामा ५३ जना कोरोनामुक्त भएका छन् । योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९८.७ प्रतिशत रहेको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा मृतकको संख्या शुन्य रहेको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट १२ हजार २९ जनाको मृत्यु भइसकेको छ ।
पछिल्लो २४ घण्टामा एक हजार ९२५ जनाले कोरोना परिक्षण गरेका थिए भने खोप लगाउनेको संख्या ५४ हजार एक सय १६ जना रहेको छ । हाल सक्रिय संक्रमितको संख्या ३७५ जना रहेका छन् ।
यो सबै विवरण आज दिउँसो दुई बजेसम्मको हो । कोरोना संक्रमितमध्ये २६ जना संथागत आइसोलेसनमा रहेका छन् भने ८ जना आईसीयुमा रहेका छन् । यसका साथै एक जना भेन्टिलेटरमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस