काठमाडौं । नेपाल राष्ट्र बैंकबाट भुक्तानीका लागी अनुमतिप्राप्त मोबाइल वालेट कम्पनी डिजी पे प्रालिद्वारा पत्रकार सम्मेलन गरी आफूले प्रदान गर्ने सेवा तथा सुविधाबारे जानकारी गराएको छ । शुक्रबार पत्रकार सम्मेलन मार्फत यस्तो जानकारी दिईएको हो ।
डिजी पेले नेपालमै पहिलोपटक डिजिटल तथा नगद दुवैमा कारोबार गर्न मिल्ने सुविधा साथै फिनटेक इन्डस्ट्रीमा नै पहिलोपटक व्यावसायिक प्रवर्द्धनका लागि फ्रान्चाइजीको अवधारणा लिएर आएको छ ।
डिजी पे मा व्यवसायीहरूले न्यूनतम लगानी गरी एक वर्षभित्रै प्रतिफल प्राप्त गर्नुका साथै प्राविधिक दक्षताबिना आवद्ध हुनसक्ने छन् । भौगोलिक क्षेत्रमा निर्धारित तथा विशेष अनि भिन्न आम्दानीको स्रोतको रूपमा उच्चतम नाफा आर्जन गरी सामाजिक सम्मान पाउन सक्ने कम्पनीको विश्वास छ ।
डिजी पे स्थानीय व्यवसाय साझेदार आबद्ध योजनामार्फत विभिन्न व्यवसायीहरूसँग फ्रान्चाइजीको सहकार्य गरेको छ । थप विस्तारका लागि अन्य फ्रान्चाइजीहरु समेत आह्वान गरिरहेको जानकारी गराएको छ । फ्रान्चाइजीहरूको मुख्य कार्य व्यवसायीहरूलाई विभिन्न सेवा तथा सुविधा प्रदान गरी डिजी पे मा निःशुल्क आवद्ध गराउनु हो ।
यसका लागी डिजी पे ले विभिन्न संस्थासँग हातेमालो गरी नौलो र विशेष सेवा तथा सुविधा ल्याएको छ । यस योजना अन्र्न्तगत फ्रान्चाइजीहरूले डिजी पे सँगको सहकार्यबाट कम्पनिले प्रदान गरेको टार्गेट पुरा भएको अवस्थामा प्रति महिना चार लाखदेखि ५ लाख रुपैयाँसम्म कमाउन सक्ने कम्पनिका अध्यक्ष दिवाकर बहादुर पाण्डेले बताए ।
डिजी पेसा व्यवसायीहरूले निःशुल्क आवद्ध भई विभिन्न सेवा तथा फाइदाहरु प्राप्त गरी बजार विस्तार र प्रचारप्रसार बाट उच्च मुनाफा आर्जन गर्न सक्नेछन् । आबद्ध हुँदा पाँच सय रुपैयाँ टपअप र सेवा शुल्कमा छुट, नेपालको न्युज टेलिभिजन च्यानल ए।बि।सि न्युज मार्फत विशेष सहुलियतमा विज्ञापन प्रसारण, राष्ट्रिय दैनिक पत्रिका द नेपालटप मार्फत विज्ञापन, स्टार हस्पिटलको ८२५ रुपैयाँको दुई वटा ओपीडी टिकट साथै बेड तथा स्वास्थ्य परीक्षणमा विभिन्न छुट, डेलिभरी पार्टनर एजी क्यारिअरबाट एकै दिनमा पिक अप एन्ड ड्रप तथा अन्य सेवाहरु पाउन सकिने छ।
प्रतिक्रिया दिनुहोस