aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

टेलिकमको आइसीटी डे अफर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १७ बैशाख २०८०
टेलिकमको आइसीटी डे अफर

काठमाडौं । नेपाल टेलिकमले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२३ को अवसरमा ग्राहकहरुका लागि आइसीटी डे अफर उपलब्ध गराएको छ । सो अवसरमा कम्पनीले भ्वाइस र डाटा प्याकेज उपलब्ध गराएको छ । यो अफर आज (२०८० बैशाख १७) देखि प्रारम्भ भएको छ र आगामी २०८० बैशाख १९ सम्म लागु हुनेछ । 

यस अन्तर्गत रु. ४९ मा १ दिन चलाउन सकिने १ एमबीपीएस अनलिमिटेड डाटा र नेपाल टेलिकमकै नेटवर्क भित्र कल गर्न सकिने १०० मिनेट अन नेट भ्वाइस सेवा उपलब्ध छ । यसैगरी डाटा प्याकेज अन्तर्गत रु. ९८ मा ३ दिन चलाउन सकिने ६ जीबी डाटा, रु. १९९ मा ७ दिन चलाउन सकिने १३ जीबी डाटा, रु. २९४ मा १० दिन चलाउन सकिने २० जीबी डाटा र रु. ३९९ मा १५ दिन चलाउन सकिने टेलिकमले जनाएको छ । 

३० जीबी डाटा प्याकेज उपलब्ध हुने कम्पनीले जनाएको छ ।  ‘सुरक्षित सूचना प्रविधि, सुशासन र समृद्धि’ भन्ने मूल नारा सहित राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२३ आगामी बैशाख १९ गते मनाइदै छ । 

प्रतिक्रिया दिनुहोस