aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

एसीसी प्रिमियर कप विजेता टोलीले पुरस्कार पाउने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १९ बैशाख २०८०
एसीसी प्रिमियर कप विजेता टोलीले पुरस्कार पाउने

काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटमा विजेता टोलीलाई उचित पुरस्कार पाउने भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले एसीसी प्रिमियर कप क्रिकेटमा विजेता टोलीलाई उचित्र पुरस्कार प्रदान गर्ने घोषणा गरेका हुन । मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले खेलाडीहरूको योगदानप्रति उच्च सम्मानसहित सरकारको तर्फबाट थप प्रोत्साहन र पुरस्कृत गर्ने बताएका हुन् । 

प्रचण्डले एसीसी प्रिमियर कप क्रिकेटमा विजेता नेपाली टोलीलाई बधाई ज्ञापन समेत गरेका छन् ।  ‘सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एसीसी प्रिमियर कप क्रिकेटमा विजेता नेपाली टोलीलाई हार्दिक बधाइ ज्ञापन गर्दै खेलाडीहरूको योगदानप्रति उच्च सम्मानसहित सरकारको तर्फबाट थप प्रोत्साहन र पुरस्कृत गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन ।  कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको फाइनल खेलमा चिर प्रतिद्वन्द्वी यूएईलाई ७ विकेटको फराकिलो अन्तरले हराउँदै नेपाल एसिया कपमा पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस