aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

थप ४३ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २१ बैशाख २०८०
थप ४३ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ४३ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा ३३ र एन्टीजेन परिक्षण गर्दा १० गरी जम्मा ४३ जना नयाँ संक्रमित थपिएका हुन् ।    

त्यस्तै, पछिल्लो २४ घण्टामा ५० जना कोरोनामुक्त भएका छन् । योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९८.७ प्रतिशत रहेको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा मृतकको संख्या एक रहेको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट १२ हजार ३१ जनाको मृत्यु भइसकेको छ । 

पछिल्लो २४ घण्टामा एक हजार ३०१ जनाले कोरोना परिक्षण गरेका थिए भने खोप लगाउनेको संख्या १५ हजार एक सय २४० जना रहेको छ । हाल सक्रिय संक्रमितको संख्या २०२ जना रहेका छन् ।  
 

प्रतिक्रिया दिनुहोस