aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

आइटी कम्पनी कग्निजेन्टले ३५०० कर्मचारी कटौति गर्दै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २२ बैशाख २०८०
आइटी कम्पनी कग्निजेन्टले ३५०० कर्मचारी कटौति गर्दै

एजेन्सी । सूचना प्रविधि (आईटी) सेवा प्रदान गर्ने अमेरिकी कम्पनी कग्निजेन्टले बिहीबार जनवरी–मार्च त्रैमासमा वार्षिक आधारमा खुद नाफा तीन प्रतिशतले बढेको घोषणा गर्दै करिब ३ हजार ५ सय कर्मचारीको रोजगारी गुम्ने सम्भावना रहेको छ । भारतमा बलियो उपस्थिति भएको परामर्शदाता कम्पनी कग्निजेन्टले एक विज्ञप्ति जारी गर्दै नेक्स्टजेनु पुनर्संरचना योजना अन्तर्गत करिब ३,५०० कर्मचारी प्रभावित हुने सम्भावना रहेको बताएको छ। यो कम्पनीका कुल ३.५१ लाख कर्मचारीको करिब एक प्रतिशत हुनेछ ।

कम्पनीले आफ्नो अपरेटिङ मोडेललाई सरल बनाउन, कार्यसम्पादन सुधार गर्न र हाइब्रिड मोडेलमा कार्यस्थलको आवश्यकतालाई पङ्क्तिबद्ध गर्ने उद्देश्यले गत वर्ष नेक्स्टजेन कार्यक्रम सुरु गरेको थियो। यसको असर कर्मचारीको संख्यामा कमी आउने अनुमान गरिएको छ ।

क्यालेन्डर वर्ष २०२३ को पहिलो त्रैमासिकको अन्त्यमा सन् २०२२ को अक्टोबर–डिसेम्बरको तुलनामा काग्निजेन्टका कर्मचारीको संख्या ३ हजार ८ सयले घटेर ३।५१ लाख पुगेको छ । यद्यपि, समीक्षाधीन त्रैमासिकमा कर्मचारी छोड्ने दर २३ प्रतिशतमा झरेको छ भने डिसेम्बरको त्रैमासिकमा २६ प्रतिशत थियो।

कग्निजेन्टले जनवरी(मार्च क्वाटरमा ५८० मिलियन डलरको खुद नाफामा रहेको रिपोर्ट छ ।  जुन अघिल्लो वर्षको त्रैमासिकमा  ५६३ मिलियन थियो। तर, यस अवधिमा कम्पनीको राजस्व केही घटेर ४८१.२ मिलियन डलरमा झरेको छ ।

कम्पनीले सन् २०२३ को सम्पूर्ण आर्थिक वर्षमा १९.२ अर्ब डलर राजस्व आम्दानी हुने प्रक्षेपण गरेको छ । यस वर्ष जनवरीमा काग्निजेन्टको प्रमुख कार्यकारी अधिकृतको रूपमा पदभार ग्रहण गरेका रवि कुमार एसले भने कि कम्पनीको वृद्धि पछिको लागि बलियो आधार छ।

प्रतिक्रिया दिनुहोस