aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

सामाजिक सञ्जालमा चरित्र हत्या गर्ने व्यक्ति पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २२ बैशाख २०८०
सामाजिक सञ्जालमा चरित्र हत्या गर्ने व्यक्ति पक्राउ

काठमाडौं । सामाजिक सञ्जालको दुरूपयोग गरी चरित्र हत्या गरेको अभियोगमा चितवन राप्ती नगरपालिका–९ बस्ने २९ वर्षीय बिजय लामा भन्ने डम्बर बहादुर तामाङलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । 

सामाजिक सञ्जाल टिकटकमा पीडितको फोटो र भिडियोलाई अश्लीलता सहित प्रसारण गरी सम्वन्धीत व्यक्तित्वको छविमा आँच पुर्याुउने साथै, सार्वजनिक नैतिकता र शिष्टाचारमा असर पार्ने गरी चरित्र हत्या गर्ने कार्यमा तामाङले संलग्नता रहेको अनुसन्धानबाट खुल्न छ । 

प्रहरीले विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा उनलाई साइबर व्यूरो भोटहिटिबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय चितवनको सहयोगमा उनकै ठेगानाबाट पक्राउ गरेको हो । उनी उपर जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ । 
 

प्रतिक्रिया दिनुहोस