aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

एनटीएले दूरसञ्चार कम्पनीको सम्पत्ति मूल्यांकन प्रक्रिया अघि बढायो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २२ बैशाख २०८०
एनटीएले दूरसञ्चार कम्पनीको सम्पत्ति मूल्यांकन प्रक्रिया अघि बढायो

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले दुरसञ्चार कम्पनीको सम्पत्ति निर्धारण समिति गठन गर्न सूची दर्ता गर्ने सम्बन्धी सूचना प्रकाशित गरेको छ । शुक्रबार प्रकाशित सूचनामा प्राधिकरणले अनुमतिपत्र बहाल नरहेका दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली, २०७९ को नियम १३ को प्रावधान बमोजिम मूल्य निर्धारण समिति गठन गर्ने भनेको छ ।  

सिलबन्दी आवेदन बमोजिमको योग्यता भएका ब्यक्तिहरुबाट १५ दिन भित्र सिलबन्दी सूची दर्ता गर्नु हुन सम्बन्धित सवैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको प्राधिकरणले आफ्नो सूचनामा उल्लेख गरेको छ  । आवेदकको योग्यतामा प्रचलित  कानून  बमोजिम  सूचिकृत  मूल्याङ्कनकर्ता  (भ्यालुएटर)  भई  उक्त  हैसियतमा  कम्तीमा  पन्ध्र  वर्ष  काम  गरेको हुन पर्ने छ । त्यस्तै, मान्यता प्राप्त शैक्षिक संस्थाबाट चार्टर्ड एकाउन्टेन्सीको शैक्षिक उपाधि हासिल गरी कम्तीमा पन्ध्र वर्ष लेखापरीक्षकको रुपमा काम गरेको हुन पर्ने योग्यता तोकेको छ । 

त्यस्तै  मान्यता प्राप्त शैक्षिक संस्थाबाट व्यवस्थापन विषयमा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी व्यवस्थापनको क्षेत्रमा कम्तीमा पन्ध्र वर्ष काम गरेको व्यक्ति हुन पर्ने छ । संयोजक मान्यता प्राप्त शैक्षिक संस्थाबाट चार्टर्ड एकाउन्टेन्सीको शैक्षिक उपाधि हासिल गरेको व्यक्ति हुन पर्ने छ ।  सदस्य  सूचिकृत सम्पत्ति मूल्याङ्कनकर्ता–सदस्य (भ्यालुएटर),  सदस्य सूचना प्रविधि वा दूरसञ्चार क्षेत्रको विज्ञ – सदस्य, कानून वा व्यवस्थापनको क्षेत्रमा कम्तीमा दश वर्षको कार्य अनुभव प्राप्त व्यक्ति हुन पर्ने सूचनामा उल्लेख छ । 

प्रतिक्रिया दिनुहोस