
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरका सबै हेलिकप्टर उडानमा रोक लगाएको छ । प्राधिकरणले शुक्रबार संखुवासभामा भएको सिम्रिकको हेलिकप्टर दुर्घटना पछि सिम्रिकका सबै हेलिकप्टर उडानमा रोक लगाएको हो ।
गत शुक्रबार संखुवासभाको भोटखोला गाउँपालिकामा सामान ढुवानीका क्रममा हेलिकाप्टर दुर्घटनामा परेको थियो । उक्त दुर्घटनापछि अन्य एयरक्रफ्टहरुको चेकजाँच नभइन्जेलसम्मका लागि सिम्रिकका हेलिकप्टर उडानमा रोक लगाएको प्राधिकरणले जनाएको छ ।
यसका साथै उडानका क्रममा सिम्रिकले हवाई सुरक्षा मापदण्डहरु पालना गरे/नगरेकोबारे अनुसन्धान थालेको पनि प्राधिकरणले जनाएको छ । ।
प्रतिक्रिया दिनुहोस