aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

श्री एयरलाइन्स भैरहवाबाट काठमाडौं नआइपुगी पुन भैरहवा फर्कियो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २५ बैशाख २०८०
श्री एयरलाइन्स भैरहवाबाट काठमाडौं नआइपुगी पुन भैरहवा फर्कियो
फाइल तस्विर

काठमाडौं । विमानमा खराबी भएपछि भैरहवाबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सबीच बाटैबाट फर्किएको छ ।  उडान नम्बर एसएचए ८२२ नम्बरको ७२ सिट क्षमताको जहाज काठमाडौं आइरहेको विमान भैरहवा नै फर्किएको त्रिभुवन विमान स्थलले जनाएको छ ।   चालक दलका सदस्यहरूले इन्डिकेटरले विमानमा खराबी देखाएकोले बीचबाटै फर्किएको बताएका छन् । 

भैरहवाबाट ७ः५५ मा उड्नुपर्ने जहाज ९ः४० मात्र काठमाडौंतर्फ उडेको थियो । करिब २० मिनेट आकाशमा उडेपछि जहाज भैरहवा विमानस्थलमै फर्किएर ल्याण्ड गरेको  भैरहवा  विमान स्थल स्रोतले बताएको छ । 

प्रतिक्रिया दिनुहोस