aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

शेयरबजारका बादशाह बफेटले आर्टिफिसियल इन्टेलिजेन्सलाई एटम बमको सज्ञा दिए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २५ बैशाख २०८०
शेयरबजारका बादशाह बफेटले आर्टिफिसियल इन्टेलिजेन्सलाई एटम बमको सज्ञा दिए

एजेन्सी । अमेरिकी बहुराष्ट्रिय कम्पनी बर्कशायर ह्याथवेका सीईओ वारेन बफेटले हालैको एक बयानमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) लाई एटम बमको निर्माणसँग तुलना गरेका छन्। कम्पनीको वार्षिक बैठकमा ९२ वर्षीय लगानीकर्ता वारेन बफेटले पनि एआई प्रविधिको द्रुत बृद्धि र यसले विश्वलाई कसरी परिवर्तन गर्न सक्छ भन्ने चिन्ता व्यक्त गरेका थिए । उनले एआईले पुरुषको सोच र व्यवहार बाहेक संसारमा सबै कुरा परिवर्तन गर्न सक्ने दाबी गरे।

वारेन बफेट विश्वास गर्छन्,  ‘एआईको आफ्नै सीमाहरू छन्, जस्तै हास्यास्पद चुटकुले बताउन असमर्थता छ ।’ तर, बफेट सबै प्रकारका काम गर्न सक्ने एआईको क्षमतालाई स्वीकार गर्दै चिन्ता व्यक्त गरेका छन। बफेटले माइक्रोसफ्टका सह–संस्थापक बिल गेट्सको सहयोगमा च्याटजीपीटी प्रयोग गर्ने अवसर पाएको पनि बताए।

वारेन बफेटका अनुसार एआईलाई एटम बमसँग तुलना गर्न आवश्यक छ। यति मात्र होइन, बफेट लामो समयदेखि आणविक हतियारका विरोधी पनि छन् । आक्रमणको सम्भावनालाई कसरी कम गर्ने भन्ने थाहा भएको भए त्यसको लागि आफ्नो सबै पैसा दिने उनी बताउँछन्।

बफेटले दोस्रो विश्वयुद्धमा एटम बमको निर्माण आवश्यक भएको तर यसको निर्माणले विश्वमा ठूलो शक्ति ल्याएको बताए । जसले मानिसहरूको सोच र व्यवहार बाहेक सबै कुरा परिवर्तन गर्यो। तर के यो संसारको लागि राम्रो छ ? 

त्यसैगरी, वारेन बफेटले एआईको अल्पकालीन फाइदाभन्दा दीर्घकालीन नतिजाबारे सोच्नुपर्ने आवश्यकतामा जोड दिएका छन् । यसको विकासमा संलग्न व्यक्तिहरूले पनि एआईको बारेमा चिन्ता व्यक्त गरेका छन्।


 

प्रतिक्रिया दिनुहोस