aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

थप ५१ कोरोना संक्रमित थपिँदा २६ जना निको भए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २६ बैशाख २०८०
थप ५१ कोरोना संक्रमित थपिँदा २६ जना निको भए

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ५१ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा २६ जना र एन्टिजेन परिक्षण गर्दा २५ जना गरी ५१ जना नयाँ संक्रमित थपिएका हुन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमति भन्दा निको हुने थोरै रहेका छन् । यस अवधिमा २६ जना कोरोनामुक्त भएका छन् । योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९८.७ प्रतिशत रहेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा मृतकको संख्या शुन्य रहेको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट १२ हजार ३१ जनाको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा एक हजार ९०२ जनाले कोरोना परिक्षण गरेका थिए भने खोप लगाउनेको संख्या ५२ हजार १२१ रहेको छ । हाल सक्रिय संक्रमितको संख्या १४७ रहेका छन् ।     

प्रतिक्रिया दिनुहोस