aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

थप ३७ जनामा कोरोना संक्रमण हुँदा १४ जना निको भए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ३० बैशाख २०८०
थप ३७ जनामा कोरोना संक्रमण हुँदा १४ जना निको भए

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ३७ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा ११ र एन्टीजेन परिक्षण गर्दा २६ गरी जम्मा ३७ जना नयाँ संक्रमित थपिएका हुन् ।    

त्यस्तै, पछिल्लो २४ घण्टामा १४ जना कोरोनामुक्त भएका छन् । योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९८.८ प्रतिशत रहेको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा मृतकको संख्या शुन्य रहेको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट १२ हजार ३१ जनाको मृत्यु भइसकेको छ । 

पछिल्लो २४ घण्टामा दुई हजार ४१४ जनाले कोरोना परिक्षण गरेका थिए भने खोप लगाउनेको संख्या शुन्य रहेको छ । हाल सक्रिय संक्रमितको संख्या १२६ जना रहेका छन् ।  

यो सबै विवरण आज दिउँसो दुई बजेसम्मको हो । कोरोना संक्रमितमध्ये १० जना संथागत आइसोलेसनमा रहेका छन् भने एक जना आईसीयुमा रहेका छन् । यसका साथै एक जना भेन्टिलेटरमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।   
 

प्रतिक्रिया दिनुहोस