aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

गुगलले शुरु गर्यो इमेल लेख्न नजान्नेहरुका लागि नयाँ सेवा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०१ जेठ २०८०
गुगलले शुरु गर्यो इमेल लेख्न नजान्नेहरुका लागि नयाँ सेवा

एजेन्सी । इमेल लेख्न नजान्नेहरुका लागि खुशीको खबर आएको छ । अब गुगलले इमेल सर्भिस सेवा शुरु गरेको छ । गुगलले जिमेलका लागि एक नयाँ फिचरको घोषणा गरेको हो । Help Me Write नामक उक्त फिचरले जिमेल प्रयोगकर्तालाई छिटो र सजिलोसँग इमेल लेख्न सिकाउने गुगलको दावी छ ।

गुगलको वार्षिक डेभलपर्स कन्फ्रेन्सका क्रममा सार्वजनिक गरेको उक्त नयाँ फिचरले प्रयोगकर्ताको इनपुटका आधारमा इमेल ड्राफ्ट सिर्जना गर्नका लागि आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गर्दछ ।

उक्त फिचर प्रयोग गर्नका लागि जिमेलमा गएर इमेल टाइप गर्न सुरु गर्ने र त्यसपछि Help Me Write बटनमा क्लिक गर्नु पर्दछ । त्यसपछि आर्टिफिसियल इन्टेलिजेन्सले इमेलको मस्यौदा सिर्जना गर्नेछ । त्यसलाई सम्पादन गरेर प्रयोगकर्ताले अन्तिम रुप दिन सक्दछन् । यो फिचर इमेलमा विभिन्न खालका काममा प्रयोग गर्न सकिन्छ, जस्तै तत्कालै धन्यवाद नोट पठाउने, मिटिंगको सेड्युल बनाउने तथा फलोअप गर्ने आदि ।

साथै यसले कुनै पनि जागिरका लागि दिइने निवेदन पठाउने तथा पैसा फिर्ता गर्ने अनुरोध लगायतका इमेलका नमूनाहरु सिर्जना गरिदिन्छ । यो फिचर अहिले पनि विकासकै चरणमा छ । यो फिचरले इमेल लेख्ने सन्दर्भमा प्रयोगकर्ताको समय बचाउने तथा मेहेनत कम गर्ने काम गर्नेछ ।

प्रतिक्रिया दिनुहोस