
एजेन्सी । भोडाफोनको व्यवस्थापनले आगामी तीन वर्षमा कम्पनीले ११ हजार कर्मचारी कटौती गर्ने निर्णय गरेको छ । आगामी ३ वर्षमा कम्पनीले कर्मचारी हटाउने योजनामा काम गर्ने स्पष्ट भएको छ । कम्पनीका हाकिम मार्गेरिटा डेला भालेले कम्पनीलाई सरल बनाउन ११ हजार जनालाई हटाउने बताएकी छिन् । आगामी आर्थिक वर्षमा कम्पनीको नाफा कि त नरहने वा कम हुने उनको भनाइ छ ।
कम्पनीको सबैभन्दा ठूलो बजार रहेको जर्मनीले त्यहाँ कम प्रदर्शन गरिरहेको कम्पनीले जनाएको छ । यहाँ कम्पनी १ दशमलव ३ प्रतिशत घाटामा गएको देखिन्छ । यसको कारण पनि ऊर्जा लागत बढेको कम्पनीले जनाएको छ । मार्चमा समाप्त हुने वर्षको लागि कम्पनीको कुल राजस्व १४.७ बिलियन यूरो हुने अपेक्षा गरिएको छ।
यससँगै अफ्रिकामा ०.३ प्रतिशतले राजस्व बृद्धि भएको देखाउँदै कम्पनीले ह्यान्डसेटको बिक्री बढेको फाइदा उठाउँदै आएको देखिन्छ । यो लगभग ४५.६ बिलियन यूरो जस्तो देखिन्छ। गत महिना मात्रै कम्पनीको नेतृत्व सम्हाल्दै आएकी मार्गरिटाले हाम्रो प्रदर्शन त्यति राम्रो नरहेको बताउँछिन् ।
मार्गरिटाले आफ्नो प्राथमिकता ग्राहक, वृद्धि र सरलता रहेको बताइन् । हामी संस्थानलाई सरल बनाउँछौं। यसअघि कम्पनीले जर्मनीमा जम्मा १३ सय कर्मचारीलाई निकालेको जानकारी आएको थियो ।
प्रतिक्रिया दिनुहोस