aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

थप ३४ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित ८९ पुगे

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०३ जेठ २०८०
थप ३४ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित ८९ पुगे

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ३४ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा १२ र एन्टीजेन परिक्षण गर्दा २२ गरी जम्मा ३४ जना नयाँ संक्रमित थपिएका हुन् ।    

त्यस्तै, पछिल्लो २४ घण्टामा २३ जना कोरोनामुक्त भएका छन् । योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९८.८ प्रतिशत रहेको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा मृतकको संख्या शुन्य रहेको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट १२ हजार ३१ जनाको मृत्यु भइसकेको छ । 

पछिल्लो २४ घण्टामा एक हजार १६७ जनाले कोरोना परिक्षण गरेका थिए भने खोप लगाउनेको संख्या २२ हजार ६७० शुन्य रहेको छ । हाल सक्रिय संक्रमितको संख्या ८९ जना रहेका छन् ।     

प्रतिक्रिया दिनुहोस