
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा चार जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा २ जना र एन्टिजेन परिक्षण गर्दा २ जना गरी चार जना नयाँ संक्रमित थपिएका हुन् ।
त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमित भन्दा निको हुने धेरै रहेका छन् । यस अवधिमा १२ जना कोरोनामुक्त भएका छन् । योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९८.८ प्रतिशत रहेको छ ।
त्यस्तै, पछिल्लो २४ घण्टामा मृतकको संख्या शुन्य रहेको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट १२ हजार ३१ जनाको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा ७६८ जनाले कोरोना परिक्षण गरेका थिए भने खोप लगाउनेको संख्या १३ हजार ६३९ रहेको छ । हाल सक्रिय संक्रमितको संख्या ७० रहेका छन् ।
प्रतिक्रिया दिनुहोस