aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

इन्स्टाग्राम आज बिहान दुई घण्टाभन्दा बढी समय बन्द भयो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०८ जेठ २०८०
इन्स्टाग्राम आज बिहान दुई घण्टाभन्दा बढी समय बन्द भयो

एजेन्सी । फोटो सेयरिङ एप इन्स्टाग्राम सोमबार बिहान दुई घण्टाभन्दा बढी समयका लागि डाउन थियो। विश्वभरका हजारौं व्यक्तिको एपमा पोस्ट आउन बन्द भय । जसका कारण मानिसहरूले यसको बारेमा गुनासो गर्न थालेका थिए।

डाउन डिटेक्टर वेबसाइटका अनुसार बिहान ४ः१६ बजे सबैभन्दा बढी १ लाख ८८ हजार व्यक्तिको एप डाउन भएको थियो । इन्स्टाग्रामले बिहान ५ः४५ मा ट्वीट गर्दै प्राविधिक गडबडीका कारण इन्स्टाग्राम डाउन भएको जानकारी दिएको थियो । 

चार दिनमा इन्स्टाग्राम डाउन भएको यो दोस्रो घटना हो। यसअघि मे १८ मा विश्वभरका धेरै प्रयोगकर्ताहरूले एप नचलेको गुनासो गरेका थिए । यसैबीच, मार्चको सुरुमा पनि प्रयोगकर्ताहरूले इन्स्टाग्राम पहुँच गर्न समस्याको सामना गर्नुपरेको थियो। भारतमा इन्स्टाग्रामका करिब २३ करोड प्रयोगकर्ता छन्।

मेटाको सामाजिक सञ्जाल प्लेटफर्म इन्स्टाग्रामले ट्विटरसँग प्रतिस्पर्धा गर्न नयाँ माइक्रोब्लगिङ टेक्स्ट-आधारित एप ल्याउने तयारी गरिरहेको छ। रिपोर्टका अनुसार इन्स्टाग्रामको यो नयाँ एप जुनको अन्त्यसम्ममा लन्च गर्न सकिन्छ । स्रोतका अनुसार कम्पनीले अहिले यो परियोजनाको परीक्षण गरिरहेको छ । परीक्षणको लागि, कम्पनीले यो एप केही छानिएका सेलिब्रेटीहरू, प्रभावकारहरू र सिर्जनाकर्ताहरूलाई केही महिनादेखि गोप्य रूपमा दिएको छ।

प्रतिक्रिया दिनुहोस