aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

संविधान दिवसका अवसरमा टेलिकम अफर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०२ असोज २०७६
संविधान दिवसका अवसरमा टेलिकम अफर

काठमाडौं । संविधान दिवसका अवसरमा नेपाल टेलिकमले एकसय रुपैयाँमा ३ जिबी डाटा प्याक योजना सार्वजनिक गरेको छ । यो डाटा प्याकेज लिएर निरन्तर तीन दिनसम्म प्रतिदिन एक जिबीका दरले जम्मा ३ जिबी डाटा प्रयोग गर्न पाउने छन् । 
असोज १ गतेदेखि १५ गतेसम्म उपलब्ध हुने यो योजना प्रयोग गर्न *1415*3#  मा डायल गर्नुपर्छ । यसका साथै 3D1G लेखेर १४१५ मा सन्देश पठाएर वा नेपाल टेलिकम एपमार्फत पनि यो सेवा प्राप्त गर्न सकिन्छ ।   ।
 

प्रतिक्रिया दिनुहोस