aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

भारतद्वारा श्रीहरिकोटाको सतीश धवन अन्तरिक्षमा प्रक्षपण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १५ जेठ २०८०
भारतद्वारा श्रीहरिकोटाको सतीश धवन अन्तरिक्षमा प्रक्षपण

एजेन्सी । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (ISRO) ले सोमबार श्रीहरिकोटाको सतीश धवन अन्तरिक्ष केन्द्रबाट नेभिगेसन उपग्रह NVS-01 सफलतापूर्वक प्रक्षेपण गरेको छ। यसले NavIC नेभिगेसन प्रणालीलाई अझ बलियो बनाउने विश्वस गरिएको छ। NavIC स्याटेलाइटको सहयोगले सेनाहरूले शत्रुहरूको स्थानको सही जानकारी प्राप्त गर्नेछन्। यसका अलावा नेभिगेसन सेवालाई पनि सुदृढ बनाइनेछ । 

NavIC प्रविधिले यात्रा र पर्यटन उद्योगलाई मद्दत गर्न सक्ने अनुमान गरिएको छ । यसमार्फत भ्रमणलाई थप जानकारीमूलक र अन्तरक्रियात्मक बनाएर पाहुनाको अनुभवलाई थप सुधार गर्न सकिन्छ। साधारण मानिसहरूले स्थानको लागि पनि प्रयोग गर्न सक्छन्।

सन् १९९९ मा कारगिल युद्धका क्रममा भारत सरकारले घुसपैठ गर्ने पाकिस्तानी सैनिकको स्थिति थाहा पाउन अमेरिकासँग सहयोग मागेको थियो । त्यसपछि अमेरिकाले जीपीएस सपोर्ट दिन अस्वीकार गर्यो। त्यसबेलादेखि भारत आफ्नै नेभिगेसन स्याटेलाइट प्रणाली बनाउन लागिरहेको थियो।

प्रतिक्रिया दिनुहोस