aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

११ औं स्थानमा काठमाडौं किकर्स

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १६ जेठ २०८०
११ औं स्थानमा काठमाडौं किकर्स

काठमाडौं । काठमाडौं किकर्स फुटबल एकेडेमीको यू–१३ टिमले जर्मनीको म्युनिखमा आयोजना भएको ५४ औं भीआर बैंक कप २०२३ मा ११ औं स्थान हासिल गरेको छ। काठमाडौं किकर्सले सोमबार दुई खेलमा जित हासिल गर्दै ११ औं स्थान हासिल गरेको हो।

एसभी मामेन्डर्फले आयोजना गरेको तीन दिने प्रतियोगिताको अन्तिम दिन काठमाडौं किकर्सले  टीएसभी मुरेनवेइसलाई २–० ले हराएर समूह २ को छैटौं स्थानमा रह्यो। काठमाडौं किकर्सको जितमा विशांख कार्की र अबिन भट्टराईले एक एक गोल गरे।

त्यसपछि काठमाडौं किकर्सले ११ औं स्थानको लागि समूह १ मा छैटौं वरीयतामा रहेको टीएसभी गेल्टेन्डोर्फविरुद्ध प्लेअफमा खेलेको थियो। जसमा किकर्सले ३–१ को जित निकाल्यो। काठमाडौं किकर्सको जितमा अबिनले दुई गोल गरे भने अंगश भुषालले एक गोल गरे।

काठमाडौं किकर्स यू१३ मा सहभागि १६ टिममध्ये पाँच टिमलाई पछाडि पार्दै ११ औं स्थानमा भएको हो। यू(१३ को उपाधि एफएसभी इचिङले जित्यो। किकर्स ५६ वर्षअघि सुरु भएको फिन्च्त जुनियर फुटबलमा सहभागि हुने पहिलो नेपाली टिम हो। ६ वर्षदेखि १५ वर्षसम्मका ६ वटा उमेर समूहका प्रतियोगिता आयोजना गरिएको ५४ औं संस्करणमा २० क्लबका ६४ टिम सहभागि भएका थिए।  

प्रतिक्रिया दिनुहोस