
एजेन्सी । भारतको गो फर्स्टको सञ्चालन बन्द भएपछि यसको असर देखिन थालेको छ । धेरै आन्तरिक रुटमा हवाई भाडा ५ गुणा बढेको छ । दिल्ली–अहमदाबाद रुटमा भाडा १६,५०० रुपैयाँ पुगेको छ । जबकि न्यँष्चकत ले यस रुटमा ३,००० रुपैयाँभन्दा अलि बढी लिने गरेको थिए।
गोफर्स्टले २७ आन्तरिक र ७ अन्तर्राष्ट्रिय रुटमा हप्तामा करिब २०० उडानहरू सञ्चालन गर्दै आएको छ । तर एयर इन्डिया, इन्डिगो र स्पाइसजेट जस्ता एयरलाइन्सले मात्रै ६८ नयाँ उडान सुरु गरेका छन् । ट्राभल पोर्टल इक्सिगोका अनुसार, दिल्ली–अहमदाबाद मार्गमा स्पट भाडा लगभग ४०० प्रतिशतले बढेर १६,५८५ रुपैयाँ पुगेको छ। आजकल दिल्ली/पुणे रुटमा स्पट भाडा पनि झण्डै तीन गुणा बढेर १५,०९३ रुपैयाँ पुगेको छ।
एयरलाइन्सका लागि मे(जुन सबैभन्दा व्यस्त सिजन हो। यस अवधिमा विद्यालय तथा कलेजहरुमा गर्मी बिदा हुने गरेको छ । मानिसहरु घुम्न बाहिर निस्कन्छन् । यस्तो अवस्थामा धेरै रुटमा भाडा बढेपछि यात्रुको बजेट खस्किएको छ । गो–फर्स्ट मार्फत बुकिङ गरेकाहरूले यात्रा रद्द गर्न वा रेलमा यात्रा गर्न बाध्य छन्।
प्रतिक्रिया दिनुहोस