aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

उड्डयन प्राधिकरणले ७ वर्षकाे एकै पटक १ अर्ब २६ करोड ३१ लाख बोनस बाँड्ने तयारी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०२ असोज २०७६
उड्डयन प्राधिकरणले ७ वर्षकाे एकै पटक  १ अर्ब २६ करोड ३१ लाख बोनस बाँड्ने तयारी

काठमाडौं ।  नेपाल नागरिक उड्डयन  प्राधिकरणले कर्मचारीलाई पुन बोनस बाँड्ने तयारी गरेको छ । विहीबार प्राधिकरणका महानिर्देशक राजन पोखरलेले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट बोनस वितरणको निर्णय स्वीकृत भएको र अन्तिम स्विकृतिका लागि अर्थ मन्त्रालय पठाइएको जानकारी दिए ।

सेवा प्रदायकको हैसियतमा नाफा खुवाउन लागेको उनले पत्रकार सम्मेलनमा बताए । नागरिक उड्डयन ऐनले प्राधिकरणलाई व्यवसायिक संस्थाको रुपमा व्यवस्था गरेकाले बोनस स्वभाविक भएको उनको तर्क थियो । 

नाफा कमाउने उद्देश्य नलिई कुनै क्षेत्रको नियमन, प्रबर्द्धन र सम्बर्द्धन गर्न स्थापना भएका सरकारी स्वामित्वका कुनै पनि प्रतिष्ठानले बोनस वितरण गर्न नहुने व्यवस्था गरिएको भन्दै बोनस वितरण गर्ने सवालमा सरोेकारवालाले प्रस्न उठाईरहेका छन् । 

स्थापना पछि २०६८ सालमा पहिलोपटक नाफामा गएको प्राधिकरणले सरकारी लगानीअनुसार लाभांस दिइरहेको र कानूनअनुसार कर्मचारीलाई पनि बोनस दिनुपर्ने भन्दै प्रत्येक वर्षको बजेटबाट बोनस छुट्याउँदै आएको छ । 

विगतमा नाफा शंकास्पद रहेको, तीन वर्षको एकैपटक बोनस वितरण गर्न खोजिएको भन्दै अख्तियारले फाइल नै नियन्त्रणमा लिएको थियो । यद्यपी नियमक निकायले बोनस वितरण गर्न नहुने भन्दै विगत लामो समयदेखि बहस हुँदै आएको थियो ।

प्राधिकरणका महानिर्देशकले संस्था नियमकभन्दा पनि व्यावसायिक धेरै भएकाले बोनसका लागि रकम व्यवस्था गरिएको उनले बताए । नागरिक उड्डयन ऐनले प्राधिकरणलाई व्यवसायिक संस्थाको रुपमा व्यवस्था गरेकाले बोनस स्वभाविक भएको समेत उनको भनाइ छ ।

तर, २०७३ मंसिरमा पनि बोनस वितरण गर्न लाग्दा नागरिक उड्डयन प्राधिकरण संचालक समितिले गरेको बोनस वितरणसम्बन्धी निर्णय नेपालको बोनस नियमावली, २०३९ विपरित भएको पाइएको भन्दै बोनस वितरण्मा रोक लगाएको थियो । 

बोनस नियमावली, २०३९ को नियम ६ को उपनियम २ वितरित भएको तत्कालिन सञ्चालक समितिले ठहर गरेको थियो । उक्त उपनियम २ मा ‘नाफा कमाउने उद्देश्य नलिई प्रशासनिक, औद्योगिक, कृषिजस्ता कुनै क्षेत्रको सम्बद्र्धनका लागि स्थापना भएको नेपाल सरकारको स्वामित्व रहेको प्रतिष्ठानले बोनस वितरण गर्न पाउने छैन’ भन्ने उल्लेख गरेको थियो ।

यता नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन २०५३ को संसोधन गर्ने ऐन २०६६ को प्रस्तावनामा नेपालमा नागरिक उड्डयनको विकास तथा विस्तार गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई सम्पर्कका लागि हवाई उडान हवाई सञ्चार, हवाई पथ प्रदर्शन र हवाई परिवहन सेवाको सुरक्षित, नियमित, स्तरीय प्रभावकारी बनाउन गठन भएको भन्ने उल्लेख छ ।

नेपाल नागरिक उड्यान प्राधिकरणल प्राधिकरणले  २०७६/७७ को बजेटको स्वकृत मध्ये कुल बजेट ४६ अर्ब ९६ करोड ५० लाख ९९४ रूपैया छुट्याएको पनि उनले पत्रकार सम्मेलनमा जानकारी दिए । 

प्राधिकरणले यस चालू आर्थिक वर्षमा विमानस्थल विकास शुल्क २ अर्ब २४ करोड २८ लाख उठाउने लक्ष्य राखेको छ । विमानस्थल तर्फ अनुमानित आय ८ अर्ब ३३ करोड १३ लाख रूपैया रहेको छ भने एरोनिटिकल तर्फ ५ अर्ब ८३ करोड रूपैया रहेको छ । 

प्रतिक्रिया दिनुहोस