aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

काठमाडौंमा रेस्लिङ प्रतियोगिता, लाखौं पुरस्कार तरा निशुल्क हेर्न पाइने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २० जेठ २०८०
काठमाडौंमा रेस्लिङ प्रतियोगिता, लाखौं पुरस्कार तरा निशुल्क हेर्न पाइने

काठमाडौं । नेपाल रिङ रेस्लिङ सङ्घको आयोजनामा आज काठमाडौंमा चौथो राष्ट्रिय रिङ रेस्लिङ प्रतियोगिता हुँदैछ । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रको हलमा हुने खेलमा पाँच प्रतिस्पर्धा हुने र सबैमा नगद पुरस्कार राखिएको आयोजक सङ्घकी महासचिव सुवर्ण श्रेष्ठले जानकारी दिइन् ।

जसमा हेभीवेट विजेताले रु एक लाख ५५ हजार, ट्रिपल थ्रेट म्याच विजेताले एक लाख २५ हजार, हार्डकोर म्याच विजेताले रु एक लाख, फिमेल म्याच विजेताले रु ८० हजार र लाइट वेट विजेताले रु ६५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । 

प्रतिस्पर्धाका लागि नुवाकोटे टाइगर, डेभिड, चट्टान, साइन, टुपी ग्याङ, एक्स हिरो, सुजल, सीजे वल्र्ड, आकृति, तनु र कम्ब्याट कर्मा रिङमा उत्रने छन् । 

सञ्जय महर्जन र राकेश विकले निर्णायकको भूमिका निर्वाह गर्ने छन् भने कार्यक्रम प्रस्तोतामा जीवन तामाङ रहनेछन् ।

एकदिने प्रतियोगिता हेर्न निःशुल्क प्रवेश गर्न पाइने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस