aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

इसेवाबाटै एक करोडसम्मको घरबीमाको प्रिमियम भुक्तानी गर्न सकिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २५ जेठ २०८०
इसेवाबाटै एक करोडसम्मको घरबीमाको प्रिमियम भुक्तानी गर्न सकिने

काठमाडौं । इसेवा र युएसएआइडीले शिखर इन्स्योरेन्ससँगको साझेदारीमा बिमा प्रक्रियालाई डिजिटाइज गरी अझ सरलीकरण गर्न घर बीमा सुविधा ल्याएको छ । हाललाई यो योजना सुर्खेतको वीरेन्द्रनगर नगरपालिका र दाङको तुलसीपुर उपमहानगरपालिकामा लागु हुनेछ । साथै अन्य इच्छुकले पनि नेपालभर नै यो सुविधा लिन सकिने कम्पनीले जनाएको छ ।

यस योजना इसेवाको मोबाईल एप भित्र रहको इन्स्योरेन्स शिर्षकमा सूचीबद्ध सेवा मार्फत सजिलै घर बीमा खरिद गर्ने सुविधा प्राप्त गर्न सकिनेछ । बीमा नीति अनुसार एक करोड सम्मको बिमा हुने यस योजनामा वार्षिक ५ सयदेखि ४५ सय रूपैयाँसम्म भुक्तानी गर्नुपर्नेछ ।

बीमा मूल्य घरको विश्वसनीयता र मूल्य निर्धारणबाट तय  हुनेछ । यस योजनामा सहभागि हुन घर धनीले घरको तस्विर, अपेक्षित मूल्य र त्यसको सम्पती विवरण इसेवमा एप मार्फत अपलोड गर्नुपर्नेछ । इसेवाले यस अघि नै ग्राहक तथा ग्राहकका आफन्त र साथीभाईमा लागु हुनेगरि इसेवा केयर सञ्चालनमा ल्याइसकेको छ ।

हाल इसेवाको सेवा एण्ड्रोइड तथा आइओएस मोबाइल मार्फत करिब ७० लाख ५० हजार  ग्राहकले सेवा लिइरहेका छन् । यसैभरी देशभर रहेका दुई लाख बढि एजेन्ट मार्फत अप्रत्यक्ष रुपमा डेढ करोड भन्दा जनसंख्याले सेवा लिइरहेका छन् ।

इसेवाबाट इन्स्योरेन्स प्रिमियम भुक्तानी मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, विभिन्न सरकारी कार्यालयहरूको शुल्क भुक्तानी, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका सुविधाको भुक्तानी गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस