aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

ओएसआर डिजिटल र डिशहोमबीच सहकार्य, नयाँ चलचित्रको हेर्न पाइने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २६ जेठ २०८०
ओएसआर डिजिटल र डिशहोमबीच सहकार्य, नयाँ चलचित्रको हेर्न पाइने

काठमाडौं । नेपाली चलचित्रको प्रवद्र्धन र विकासमा टेवा पुगोस भन्ने उद्देश्यले ओएसआर डिजिटल र डिशहोम विच सहकार्य गर्ने सम्झौता भएको छ । ओएसआर डिजिटलसंग अधिकार भएका विभिन्न नयाँ नेपाली चलचित्रको प्रमोसन र प्रशारण अधिकार डिशहोमले लिएको छ । 

ओएसआर डिजिटलका विभिन्न विषेश सामाग्रीहरु अब डिशहोमको पे पर भ्यु र  विषेश च्यानलहरुमा डिश होमका ग्राहकहरुले हेर्न पाउने भएको कम्पनीले जनाएको छ । यसबाट ग्राहकहरुले नयाँ चलचित्र र विभिन्न विषेश सामाग्रीको मज्जा लिन सकिने भएको कम्पनीको दावी रहेको छ । भने नेपाली चलचित्रको विकास र प्रवद्र्धनमा पनि सहयोग पुग्ने कम्पनीले विश्वास लिएको छ । 
    

प्रतिक्रिया दिनुहोस