aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

मेस्सी परे चिनियाँ प्रहरीको फन्दामा !

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ३० जेठ २०८०
मेस्सी परे चिनियाँ प्रहरीको फन्दामा !

एजेन्सी । चर्चित फुटबल स्टार लियोनल मेस्सी चिनियाँ सिमा प्रहरीको फन्दामा परेका छन् । उनी आफ्नो निजी जेट मार्फत चीनको राजधानी बेइजिङमा अवतरण गरे लगतै त्यहाँको प्रहरीले उनलाई शनिवार नियन्त्रणमा लिएको हो । 

उनी अष्ट्रेलियासंग मैत्रीपूर्ण खेल खेल्नका लागि बेइजिङ आएका हुन् । यो खेल जुन १५ तारिक बिहिबार हुन लागेको छ । समाचार एनेन्सीहरुका अनुसार आवश्यक भिसा प्रक्रिया पुरा नगरी बेइजिङ उत्रिएका कारण उनलाई त्यहाँको प्रहरीले नियन्त्रणमा लिएको हो । 

उनको पासपोर्टमा भिजा नदेखिएपछि प्रहरीले आफ्नो नियन्त्रणमा लिएको मेस्सीलाई पछि त्यहाँका अध्यागमन कर्मचारी रुले भिसा उपलब्ध गराएका थिए । अर्जेन्टिनाका नागरिक मेस्सीले आफ्नो देशको पासपोर्टको सट्टा स्पेनिस पासपोर्ट बोकेका थिए । जसमा चीनको लागि भिसा लगाइएको थिएन ।      

 

प्रतिक्रिया दिनुहोस