काठमाडौं । जोहरा इन्टरनेशनल प्रालि एक अग्रणी खेलकुद अधिकार अधिग्रहण फर्मले नेपालको भूभाग भित्र जिम्बावेमा आगामी जुन १८ देखि जुलाई ९ सम्म हुने आईसीसी पुरुष विश्वकप छनोट प्रतियोगिताको डिजिटल स्ट्रिमिङका लागि आधिकारिक रूपमा विशेष मिडिया अधिकार प्राप्त गरेको छ । स्टार इन्डिया प्रालि मार्फत आधिकारिक सब इजाजतपत्रदाता जोहरा इन्टरनेशनलले नेपालको अग्रणी मनोरञ्जन र खेलकुद मार्केटिङ फर्म एड प्याड प्रालिलाई विशेष मार्केटिङ र प्रसारण अधिकार प्रदान गरेको छ ।
नेपाल आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटको लागि छनोट भएको यो पहिलो पटक हो र नेपाली दर्शकले सजिलै पहुँचयोग्य तरिकाले प्रतियोगिता कसरी हेर्न सक्ने भन्नेमा व्यापक जिज्ञासा थियो । एडप्याडले यस प्रतियोगितालाई नेट टिभी एप र वेबसाइटमा निःशुल्क प्रसारण गर्ने घोषणा गरेको छ । नेट टिभी एपलाई १० लाखभन्दा बढी पटक डाउनलोड गरिएको छ ।
यो नेपालको पहिलो र अग्रणी आइपीटिभी (क्ष्एत्ख्) प्लेटफर्म र सबैभन्दा मूल्यवान पे टिभी कम्पनी हो । प्रतियोगिताका सबै ३४ खेलहरू नेट टिभी एप र वेबसाइटमा प्रसारण गरिनेछ, जसमा नेपालको भूभाग भित्रका अन्य विदेशी प्रसारणकर्ताहरूमा उपलब्ध हुने छैनन् । सबै खेलहरूको प्रत्यक्ष प्रशारण नेपाली समय अनुसार १२ः ३५ बजेदेखि सुरु हुनेछ ।
यस वर्षको सुरुमा जोहरा र एड प्याडले यूटुब मा एसीसी पुरुष प्रिमियर कपको डिजिटल स्ट्रिमिङ प्रदान गर्न साझेदारी गरेका थिए, जुन नेपालमा सबैभन्दा धेरै हेरिएको डिजिटल कार्यक्रम बनेको थियो । सो प्रत्यक्ष प्रशारणमा २० लाखभन्दा बढी अद्वितीय दर्शकहरूजोडिएका थिए र नेपाली खेलकुदको इतिहासमा पहिलो पटक युट्युबमा ट्रेन्डिङ नम्बर १ स्थान हासिल गर्दै एकै समयमा १.८७ लाख दर्शकले खेल प्रत्यक्ष हेरेको किर्तिमान बनेको थियो ।
प्रतिक्रिया दिनुहोस