aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

नेपालले ओमानलाई हरायो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ३२ जेठ २०८०
नेपालले ओमानलाई हरायो

काठमाडौं । आइसीसी विश्वकप एकदिवसीय छनोटको आफ्नो अन्तिम अभ्यास खेलमा नेपालले ओमानलाई पराजित गरेको छ । जिम्बावेको हरारे स्पोर्ट्स क्लबमा आज भएको खेलमा नेपालले ओमानलाई दुई विकेटले पराजित गरेको हो । ओमानले दिएको २६८ रनको लक्ष्य नेपालले ४४ दशमलव ५ ओभरमा ८ विकेट गुमाउँदै पूरा ग¥यो ।

नेपालका कुशल भुर्तेलले सर्वाधिक १०१ रनको योगदान दिए । उनले ९४ बल खेल्दै १३ चौका र २ छक्काको मद्दतमा     उक्त रन बनाए । यस्तै नेपालका अर्का खेलाडी आसिफ शेखले २४ बलमा २३ रन बनाए । भीम सार्कीले ७४ बलमा ५६, कप्तान रोहितकुमार पौडेलले २८ बलमा ३१ र दीपेन्द्रसिंह ऐरीले २२ बलमा २६ रन जोडे । कुशल मल्ल १७ रनमा आउट भए । 

ओमानका लागि अकिब ईलियासले ४ र फैयाज बटले २ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ओमान ४९ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै २६७ रन बनाएको थियो । ओमानका लागि कप्तान जिशान मकसुदले १०६ बलमा १०९ रनको शतकीय इनिङ खेले । त्यस्तै सोयब खानले ६८ बलमा ३८ रन बनाए । 

नेपालका लागि सोमपाल कामीले ५ विकेट लिए भने सन्दीप लामिछानेले ३ विकेट झारे । करण केसी र प्रतिश जिसीले समान १÷१ विकेट लिए । एक दिवसीय विश्वकप छनोट खेल आगामी असार ३ गतेदेखि जिम्बावेमा सुरु हँुँदैछ  । विश्वकप छनोटको पहिलो खेलमा नेपालले असार ३ गते घरेलु टोली जिम्बावेसँग खेल्नेछ । 

प्रतिक्रिया दिनुहोस