aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

एआईको व्यवसायले आइटी कम्पनी एकै चोटी अर्बपतिको चौथो नम्बरमा उक्ल्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०१ असार २०८०
एआईको व्यवसायले आइटी कम्पनी एकै चोटी अर्बपतिको चौथो नम्बरमा उक्ल्यो

एजेन्सी । आर्टिफिसियल इन्टेलिजेन्स अर्थात् एआईको अहिले धेरै चर्चा भइरहेको छ । जसका कारण कतिपय ठाउँमा रोजगारी गुम्ने डर देखाइएको छ भने कतिपय ठाउँमा गलत सूचना र अफवाह फैलाउने खतरा रहेको बताइएको छ । 

कम्प्यूटर आउनुअघि रोजगारी सम्बन्धी संकटको हल्ला जसरी चलिरहेको थियो । त्यसरी नै एआईलाई लिएर पनि यस्तै आशंका व्यक्त गरिएको केही रिपोर्टमा दाबी गरिएको छ । अब उनीहरुको वास्तविकता बाहिर आउन केही समय लाग्न सक्छ । तर, अहिले एआईको व्यवसायसँग जोडिएका कम्पनीहरूको भाग्य फेरिन थालेको छ ।

वास्तवमा, अमेरिकी शेयर बजार एआई व्यवसायसँग सम्बन्धित कम्पनीहरूको शेयरमा सोमबार ५१ हप्ताको उच्चमा पुग्यो। ओरेकलका संस्थापक ल्यारी एलिसनले यसबाट सबैभन्दा बढी फाइदा उठाएका छन्, जो पहिलो पटक विश्वका धनीहरूको सूचीमा बिल गेट्सभन्दा अगाडि छन् ।

ब्लुमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार बिहीबार एलिसन विश्वका धनीहरुको सूचीमा चौथो नम्बरमा पुगेका छन् र उनको कुल सम्पत्ति ५.९२ बिलियन डलरले बढेर १३५ बिलियन डलर पुगेको छ । जबकि बिल गेट्स १३१ अर्ब डलरको कुल सम्पत्तिका साथ यो सूचीमा ५ नम्बरमा झरेका छन् ।

प्रतिक्रिया दिनुहोस