
काठमाडौं, वैशाख १६ । नेपाल वायु सेवा निगमका वरिष्ठ पाइलट एवम् प्रवक्ता विजय लामा आफ्नै अभिव्यक्तिका कारण अप्ठ्यारोमा परेका छन् ।
पाइलट लामाले हालै एक अन्तर्वार्तामा आफू थकान र अनिद्रामा पनि काम गर्नु परेको अभिव्यक्ति दिएको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले लामासँग स्पष्टीकरण सोधेको थियो ।
सयौं यात्रुलाई लिएर हिड्ने वरिष्ठ पाइलटको अभिव्यक्तिले हवाई सुरक्षामा गम्भीर चासो उत्पन्न भएको भन्दै प्राधिकरणले उनको लाइसेन्स निलम्बन गरेको जनाएको छ । यता पाइलट लामालाई निगमले पनि प्रवक्ताबाट हटाएको छ । लामाले अब रेगुलेशनको तालिम लिएपछि मात्रै पुनः उडान अनुमति दिइने प्रँधिकरण स्रोतले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस