aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

मनकामना केबलकारमा यात्रा गर्नेहरू हालसम्मकै उच्च

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०१ असार २०८०
मनकामना केबलकारमा यात्रा गर्नेहरू हालसम्मकै उच्च

काठमाडौं । मनकामना केबलकारको मासिक यात्रु सङ्ख्यामा नयाँ कीर्तिमान कायम भएको छ। चालू आर्थिक वर्षको जेठ महिनामा झन्डै १ लाख ५० हजार यात्रुहरूले मनकामना केबुलकार मार्फत मनकामना यात्रा गरेका छन्। 

यस वर्षको जेठ महिनामा २५ वर्षकै सबैभन्दा बढी यात्रुको कीर्तिमान कायम भएको छ । यसअघि आव २०७५/७६ मा ज्येष्ठ महिनामा नै एक लाख ३५ हजार २७२ को मासिक रेकर्ड थियो । जून यस आवको जेठ महिनामै तोडिएको छ ।

यसरी यस आवको जेठ महिनाको औसत प्रतिदिन यात्री चार हजार सात सय पुगेको छ ।  भारतीय यात्रीहरूको उल्लेख्य वृद्धि देखिएको छ ।   

प्रतिक्रिया दिनुहोस