aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

नेपालले घरेलु टिम जिम्बावेविरूद्ध पहिले ब्याटिङ गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०३ असार २०८०
नेपालले घरेलु टिम जिम्बावेविरूद्ध पहिले ब्याटिङ गर्ने

काठमाडौं । आइसिसी क्रिकेट विश्वकप छनोट प्रतियोगितामा नेपालले घरेलु टिमविरूद्ध पहिले ब्याटिङ गर्ने भएको छ । आजबाट जिम्बावेमा सुरू भएको खेलमा घरेलु टिम जिम्बावेले हरारे स्पोर्ट्स क्लबमा टस जितेर बलिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गर्ने भएको हो ।  

जिम्बावेको हरारे स्पोर्टस् क्लबमा घरेलु टोली जिम्बावेले टस जितेर पहिले फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गर्ने भएको हो । जिम्बावेविरुद्धको खेल टेस्ट मान्यता प्राप्त राष्ट्रविरुद्ध नेपालको यो पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) मान्यता प्राप्त खेल हो ।

आजको खेलमा नेपाली टिमबाट रोहित पौडेल, कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की रहेका छन् । यसका साथै सन्दीप लामिछाने, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी रहेका छन् । 

नेपाल र जिम्बावेले हालसम्म एक मात्र ५० ओभरको खेल खेलेको छ । सन् २०१८ मा जिम्बावेमा आयोजना भएको विश्वकप छनोट खेलमा नेपाल र जिम्बावेबीच खेल भएको थियो । एकदिवसीय मान्यता पाएको पाँच वर्ष लाग्दा नेपालले पहिलोपटक टेस्ट टिमसँग एकदिवसीय खेल खेल्दैछ । नेपालले आज जिम्बावेसँग खेलेपछि २० जुनमा अमेरिका, २२ जुनमा वेस्ट इन्डिज र २४ जुनमा नेदरल्यान्ड्ससँग खेल्नेछ । 

प्रतिक्रिया दिनुहोस