
एजेन्सी । सोशल मिडिया प्लेटफर्म ट्विटरले चाँडै स्मार्ट टिभीहरूको लागि भिडियो एप लन्च गर्ने भएको छ। ट्विटरका मालिक एलोन मस्कले एक प्रयोगकर्ताले ट्विटरा लेखेको ट्वीटको जवाफ दिँदै लेखेका थिए, 'हामीलाई स्मार्ट टिभीहरूको लागि वास्तवमै ट्विटर भिडियो एप चाहिन्छ। म ट्विटरमा एक घण्टा लामो भिडियो हेरिरहेको छैन।'
यो ट्विटको जवाफ दिँदै मस्कले लेखेका छन्, 'यो आउँदैछ।' यद्यपी उनले यो एप कहिलेदेखि सञ्चालनमा आउने हो भन्ने निश्चित मिति भने खुलाएनन् । साथै एपले कसरी काम गर्नेछरु के यसमा ट्वीटरका भिडियोहरू मात्रै देखिने हो ?वा ट्वीटहरू पनि देखा पर्नेछ। ट्विटरमा निलो पुष्टि भएका सदस्यहरूले २ घण्टासम्मको भिडियो अपलोड गर्न सक्छन्। यो सुविधा गत महिना मात्र रोल आउट गरिएको हो। यद्यपि, प्रयोगकर्ताहरूले अधिकतम डन्द्य सम्म मात्र भिडियोहरू अपलोड गर्न सक्छन्।
पहिले, यी प्रयोगकर्ताहरूले प्लेटफर्ममा १ घण्टा (अधिकतम २ जीबी) सम्मको भिडियोहरू अपलोड गर्न सक्थे। एकै समयमा, गैर(ब्लू टिक ग्राहकहरूले ट्विटरमा ज्ञद्धण् सेकेन्ड ९द्द मिनेट, द्दण् सेकेन्ड० भिडियो मात्र अपलोड गर्न सक्छन्। ट्विटरले चाँडै आफ्नो प्लेटफर्ममा प्रमाणित सामग्री सिर्जनाकर्ताहरूलाई भुक्तान गर्न सुरु गर्ने जनाएको छ। निर्माणकर्ताहरूलाई पहिलो ब्लकमा कुल ५० लाख डलर भुक्तानी गरिनेछ।
प्रतिक्रिया दिनुहोस