
काठमाडाैं । साफ यू–१८ च्याम्पियनसिपमा नेपाल भुटानसँग ३–० गोल अन्तरले पराजित भएको छ । यो सँगै नेपालको सेमिफाइनल पुग्नका लागि भुटान र माल्दिभ्सबीचको नतिजा कुनुपर्ने छ ।
हलचोक मैदानमा आज भएको खेलमा पहिलो हाफमा १ गोल खाएको नेपालले दोस्रो हाफमा सम्हालिन नसक्दा अरु २ गोल खान पुग्यो ।
३६ औं मिनेटमा यसी दोर्जीले गोल गर्दै भुटानी टिमलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १ गोलको अग्रता बनाएको भुटानले दोस्रो हाफमा २ गोल थपेको थियो ।
८६ औं मिनेटमा केजाङ जिग्मेले पेनाल्टी मार्फत गोल गर्दै टिमलाई २-० गाेलकाे अग्रता दिलाएका थिए । २ गोलले पछि परेको नेपालमाथि ९० औं मिनेटमा कर्मा सोनामले तेस्रो गोल गरेका थिए ।
प्रतिक्रिया दिनुहोस