aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

पर्वतारोही लामा ‘एभरेष्ट क्लाइमेट एक्सन अवार्ड’ बाट सम्मानित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०५ असार २०८०
पर्वतारोही लामा ‘एभरेष्ट क्लाइमेट एक्सन अवार्ड’ बाट सम्मानित

काठमाडौं । पर्वतारोही शर्मिला लामा सम्मानित भएकी छिन् । लामा एभरेष्ट क्लाइमेट एक्सन अवार्ड २०२३ बाट सम्मानित भएकी हुन् । उनलाई उपराष्ट्रपति राम सहाय यावदले काठमाडौंमा आयोजित एक समारोहका बीच उक्त अवार्ड हस्तान्तरण गरेका हुन् ।

राष्ट्रिय युवा परिषद्ले लामालाई सो पुरस्कारका लागि छनौट गरेको थियो । पर्वतारोही लामाले हालसम्म ६ हजार मिटरभन्दा माथिका दर्जनौ हिमाल आरोहण गरिसकेकी छन् ।

यससँगै लामाले ८ हजार मिटर माथिका चारवटा हिमाल आरोहण गरिसकेकी छन् । विश्वमा रहेका ८ हजार मिटर माथिका १४ वटा  हिमाल आरोहण गरी  नेपाललाई अन्तराष्ट्रिय स्तरमा चिनाउने उनको योजना रहेको छ । 

साहसी शर्मिलाः जसले डिप्रेशनलाई हिमालमा लगेर पछारिन्

प्रतिक्रिया दिनुहोस