aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

सामसङले शुरु गर्यो शुन्य प्रतिशत ब्याजदरको इन्स्टा फाइनान्स

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०६ असार २०८०
सामसङले शुरु गर्यो शुन्य प्रतिशत ब्याजदरको इन्स्टा फाइनान्स

काठमाडौं । सामसङले शुन्य प्रतिशत ब्याजदर रहेको वित्तीय सुविधायुक्त नयाँ सुलभ कार्यक्रम इन्स्टा फाइनान्सको प्रारम्भ गरेको छ । यो योजना २५ हजार रुपैयाँभन्दा बढी मुल्यका सामसङ स्मार्ट फोन खरीद गर्ने ग्राहकहरुका लागि लागू गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीले मानिसहरुको स्तरोन्नतिमा सहायता पु¥याउन हुलास फिन सर्भ (एचएफएल) सँगको सहकार्यमा इन्स्टा फाइनान्स सुविधालाई प्रस्तुत गरेको हो । सामसङ इन्स्टा फाइनान्स एक झँझट रहित, तत्काल फाइनान्स सुविधा उपलब्ध हुने सहज उपाय हो, जसको मासिक किस्ताको ब्याजदर शुन्य रहेको छ ।

सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापितले भने, “सामसङ आज आफ्नो ग्राहकहरु कै कारणले यहाँसम्म पुग्न सफल भएको हो भन्नेमा विश्वास गर्दछौं । हामी उनीहरुको आवश्यकता र जरुरतहरुलाई बुझ्दछौं, त्यसैले हामी हाम्रो उत्कृष्ट उत्पादनहरु र सेवाहरु उपलब्ध गराउने गर्दछौं, हामीले ल्याएको इन्स्टा फाइनान्स त्यस्तै एउटा मुख्य पहल हो । सासमङ इन्स्टा फाइनान्स ग्राहक केन्द्रित रहेको छ जसले ग्राहकहरुलाई सहजतापूर्वक सामसङको नवीनतम अत्याधुनिक प्रविधिमा अपग्रेड गराउन सक्छ ।”

प्रारम्भमा, सामसङले नेपालका सम्पूर्ण प्रमुख बजारका २०० वटाभन्दा धेरै शोरुमहरुमा यो इन्स्टा फाइनान्स सुविधा उपलब्ध गराउनेछ । यो योजनालाई अर्को महिनासम्ममा आफ्नो नेटवर्कमार्फत् बढाउँदै लाने योजना रहेको कम्पनीको भनाई छ ।
 

प्रतिक्रिया दिनुहोस